FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नंं. १ याम्खा स्वास्थ्य चौकी र वडा नं. ४ भन्डारेघाटमा मिति २०७७/०५/०२ गते चौथो चरण अन्तर्गत ५४ जनाको पि‍‍.सी.आर. परिक्षणको लागी स्वाव संकलन कार्य स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मंसुरीको नेतृत्वमा गाउँपालिकाको स्वास्थ्यकर्मीद्वारा सम्पन्न भएको छ । पहिलो चरणमा १७ जना, दोस्रो चरणमा ३२ जना, तेस्रो चरणमा २३ जनाको परिक्षण गर्दा भारतबाट आइ वडा नं. ४ बतासे स्थित भण्डारेघाटको क्वारेन्टाइनमा रहेको १ जनामा पोजेटिभ देखिएको र अन्य सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

मिति: 08/18/2020 - 16:42
, , , , , ,

"दिप्रुङ चुइचुम्माको समृद्धिको आधार, कृषि-पर्यटन प्रवर्द्धनमा सुधार" भन्ने मूल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कृषि तथा पर्यटन सम्बन्धि पन्च वर्षिय रणनैतिक योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । (मिति २०७७/०४/२४)

मिति: 08/08/2020 - 22:11
, , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका गाउँ शिक्षा समितिको मिति २०७७/०३/२७ गते बसेको बैठकको निर्णय अनुसार सन्चालनमा आएको गाउँटोल बस्ती सिकाई सहजिकरण कार्यक्रमलाई प्रधानाध्यापकहरूको २०७७/०४/१७ गते बसेको बैठकले हार्दिक स्वागत तथा समर्थन गर्दै महत्वपूर्ण सुझावहरु प्राप्त भएको छ ।

मिति: 08/01/2020 - 17:57
, , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका गाउँ शिक्षा समितिको मिति २०७७/०३/२७ गते बसेको बैठकको निर्णय अनुसार सन्चालनमा आएको गाउँटोल बस्ती सिकाई सहजिकरण कार्यक्रमलाई विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको २०७७/०४/१६ गते बसेको बैठकले हार्दिक स्वागत तथा समर्थन गर्दै महत्वपूर्ण सुझावहरु प्राप्त भएको छ ।

मिति: 07/31/2020 - 17:33
, , ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७७/०४/१५ गते वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई सम्मानित हुनु भएको छ । सम्मान स्वरुप गाउँपालिकाले उहाँहरूलाई १ थान सिरक, १ थान डसना, १ थान बेडसिट, १ थान सिरानी, १ बट्टा हर्लिक्स र १ वटा झुल प्रदान गरेको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक वडाका सबैभन्दा जेष्ठ १ जना पुरुष र १ जना महिलालाई सम्मान गरिने छ । यस अघी मिति २०७७/०४/०४ गते वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा सम्मानित हुनु भएको थियो । बाँकि ५ वटा वडामा पनि क्रमश हुने जानकारी गराइन्छ ।

मिति: 07/30/2020 - 19:05
, , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पहलमा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा दि.चु.गा.पा ५ को रेनुका बन गिरी लाई मिति २०७७/०४/११ गते उद्दार गरिएको छ । जुम्ल्याहा बच्चा सकुशल जन्मिए पनि सुत्केरी आमाको अत्याधिक रक्तश्रावको कारण ज्यान जोखिममा भएकोले उद्दार गरी काठमाडौँ लगिएको छ । दुबै बच्चाको स्वास्थ्य अवस्था सामन्य रहेको बर्थिङ सेन्टर स.छितापोखरीले जनाएको छ । महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्बत गूरुङ ज्यू ,मन्त्रालय परिवार लगायत सबैलाई तत्काल उद्वारकार्यमा पहल र सहयोग गरि दिनु भएकोमा हार्दिक धन्यबाद ।

मिति: 07/26/2020 - 14:43
, , ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७७/०४/०४ गते वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा सम्मानित हुनु भएको छ । सम्मान स्वरुप गाउँपालिकाले उहाँहरूलाई १ थान सिरक, १ थान डसना, १ थान बेडसिट, १ थान सिरानी, १ बट्टा हर्लिक्स र १ वटा झुल प्रदान गरेको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक वडाका सबैभन्दा जेष्ठ १ जना पुरुष र १ जना महिलालाई सम्मानित गरिने छ ।

मिति: 07/19/2020 - 21:55
, ,

गाउँपालिका भवनको सम्झौता मिति २०७७/०३/३० गते सम्पन्न भएको छ । सबैभन्दा कम कबोल गर्ने निर्माण कम्पनी रबिन-अबिसा जे.भी. ले रू ३,६४,६१,८१९।४९ (भ्याट र प्रोभिजनल सम सहित) मा यही चैत्र मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

मिति: 07/15/2020 - 19:35
,

पालिका सँग महिला कार्यक्रम अन्तर्गत लकडाउनको अवधिमा सुत्केरी हुनु भएको सुत्केरी महिलाहरूलाई झुल वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, उपाध्यक्ष श्री सपना राई ज्यू र स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मंसुरी ज्यू।

मिति: 07/05/2020 - 18:46
,

शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज मिति २०७७/०३/२१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका -२ ओख्रेमा पोषण भत्ता वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, उपाध्यक्ष श्री सपना राई ज्यू र स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मंसुरी ज्यू।

मिति: 07/05/2020 - 18:13
, , , ,

Pages

//