FAQs Complain Problems

ग्यालरी

टोल-टोलमा छरिएर रहेका आमा समूहहरूलाई सहकारी दर्ता गरी संस्थागत रूपमा संचालन गर्न प्रोत्साहित गर्ने भन्ने आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार आज मिति २०७७/०७/२३ गते यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका आमा समूह तथा महिला विकास समितिहरूलाई व्यवस्थित र वैधानिक रूपमा सहकारी संस्था मार्फत संचालन गर्न गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको सभापतित्वमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 11/08/2020 - 18:57
, , ,

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा यस गाउँपालिकाको सहजिकरणमा कक्षा ११ को वार्षिक परीक्षा आज मित २०७७/०७/२३ गतेबाट तपसिल बमोजिमको परीक्षा केन्द्रहरुमा सञ्चालन भएको व्यहोरा जानकारी गराइन्छ । उक्त परीक्षाको अनुगमन गर्नु हुँदै गाउँपालका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, गाउँपालका उपाध्यक्ष श्री सपना राई ज्यू र शिक्षा शाखा संयोजक श्री मणिकुमार गिरी ज्यू । परीक्षा यही २८ गतेसम्म सन्चालन हुनेछ ।

तपसिल :

मिति: 11/08/2020 - 18:52
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका तथा नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्नका लागी सम्झौता सम्पन्न भएको जानकारी गराइन्छ ।

मिति: 10/20/2020 - 13:50
,

गाउँपालिकाको पालिकासँग महिला कार्यक्रम अन्तर्गत वडाका सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम आज मिति २०७७/०७/०३ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ टेम्माका सबैभन्दा जेष्ठ ९१ वर्षिय पुरूष श्री सहरमान विश्वकर्मालाई पालिकासँग महिला कार्यक्रमको संयोजक तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको स‌ंयोजकत्वमा सम्मान गरेसँगै समापन भएको छ । यस अघी तपसिल बमोजिमको व्यक्तीहरू सम्मानित भइसक्नु भएको छ ।

तपसिल :

१) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया

२) वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का

मिति: 10/19/2020 - 17:48
, ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०७/०२ गते वडा नं. ४ रातमाटा निवासी ९२ वर्षीय अम्बर बहादुर जोगी र रातापानी निवासी ९० वर्षिय अम्बमाया खड्का सम्मानित हुनु भएको छ ।

यस अघि सम्मानित हुनुहुने व्यक्तीहरू तपसिल बमोजिम रहेको छ ।

तपसिल :

१) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया

२) वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का

३) वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई

४) वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा

मिति: 10/18/2020 - 18:58
, , , , ,

आज मिति २०७७ कात्तिक १ गते २०७७ सालको बडादशैँ तथा शुभ दिपावलीको पावन अवसरमा यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित शुभकामना आदान प्रदान तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यस कार्यक्रममा गाउँपालिकाद्वारा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ स्थित धिप्लुङ मा.वि. सेम्मा छितापोखरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री विनोद राई उत्कृत्ट वि.व्य.स. अध्यक्ष, वडा नं. २ स्थित श्री महेन्द्रोदय मा.वि. ओख्रेका प्रधानाध्यापक श्री केशव कुमार खड्का उत्कृष्ट माध्यमिक तह प्र.अ., वडा नं. ४ स्थित महेन्द्रतारा आ.वि.

मिति: 10/17/2020 - 17:44
, ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०६/२८ गते वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का सम्मानित हुनु भएको छ ।

यस अघि

१) वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई

२) वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा

३) वडा नं. ६ निवासी ९१ वर्षीय अखटे निवासी विष्णुमाया भुजेल र धिप्लुङ निवासी ९० वर्षीय बुद्धिमान दर्जी

४) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया

मिति: 10/14/2020 - 22:19
, , ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०६/२७ गते वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया सम्मानित हुनु भएको छ । यस अघि वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत, ९६ वर्षिय सन्तमाया राई, वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई, ८५ वर्षिय चन्द्रकला थापा, वडा नं.

मिति: 10/14/2020 - 22:07
, , , , ,

Pages

//