आ.व. २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट र विधेयकहरू माथि दफावार छलफल गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको छ । २०७७ असार १० गतेबाट शुरु भएको गाउँ सभा २०७७ असार १९ गते गाउँपालिकाका उपाध्यक्ष सपना राई द्वारा प्रस्तुत आ.व. २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट र राजश्व परामर्श समितिको सदस्य अमृत गरीद्वारा प्रस्तुत विभिन्न विधेयकहरुको विषयमा चौथो चरण सम्मको सभाले छलफल गरी पास गर्दै सम्पन्न भएको हो । सभाले विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७ र गाउँपालिका शिक्षा ऐन २०७७ (पहिलो संसोधन) सभाबाट सर्वसम्मत पास गरेको हो ।
समाचार
ग्यालरी
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मिति २०७७ असार १० गतेबाट शुरु भएको गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रम र गाउँपालिका शिक्षा ऐन २०७७ (पहिलो संसोधन) माथि दफावार छलफल गरी आज मिति २०७७/०३/१४ गते बसेको तेस्रो दिनको गाउँसभाबाट सर्वसम्मत पास भएको छ साथै विनियोजन विधेयक २०७७ र आर्थिक विधेयक २०७७ भने १२ गते बसेको दोस्रो दिनको गाउँसभाबाट नै दफावार छलफल गरी सर्वसम्मत पास भएको जानकारी गराइन्छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मिति २०७७ असार १० गतेबाट शुरु भएको गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, गाउँपालिका शिक्षा ऐन २०७७ (पहिलो संसोधन) माथि दफावार छलफल गरी विनियोजन विधेयक २०७७ र आर्थिक विधेयक २०७७ मिति २०७७/०३/१२ गते १३:३० बजेबाट शुरू दोस्रो दिनको गाउँसभाबाट सर्वसम्मत पास भएको छ साथै नीति तथा कार्यक्रम, बजेट र गाउँपालिका शिक्षा ऐन २०७७ (पहिलो संसोधन) मा भने १४ गते ११ बजेबाट बस्ने गाउँसभामा दफावार छलफल हुने कार्यक्रम रहेको जानकारी गराइन्छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७७/०७८ को सातौ गाउँसभामा निति तथा कार्यक्रम र ५१ करोड ४२ लाख आठ हजार चौरहत्तर रुपैया आठ पैसा बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक विकास तर्फ ५,२९,७३,७६४।०८, पूर्वाधार तर्फ १०,०६,९४,३१०।००, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ६,९२,३२,००।०० र सामाजिक विकास तर्फ २९,१२,०८,०००।०० बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, क्रिषि र कोरोना भाइरस ( कोभिड-१९) लाई विशेष प्राथमिकता दिई बजेट बिनियोजन गरेको छ ।
आज मिति २०७७/०२/३१ गते दिप्रुङ चइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तीहरूलाई सिन्के धुप(अगरबत्ती) तथा मुढा बनाउने आधारभूत तालिम समापन भएको छ । ७ दिने तालिम यहि २५ गतेबाट शुरु भइ आज समापन भएको हो । सिन्के धुपको लागी रु १ लाख ५० हजार र मुढा बनाउने तालिमको लागी रु १ लाख बजेट गाउँपालिकाले विनियोजन गरेको थियो । मुढा बनाउने तालिमकामा यहि गा.पा. वडा नं. ५ का अमृत राई र सिन्के धुपको लागी वडा नं. ६ का लोकराज कटवालले प्रशिक्षण गर्नु भएको थियो । प्रमाणपत्र भन्दा पनि सिप र क्षमतालाई प्राथमिकता दिई स्थानीय प्रशिक्षकद्वारा नै प्रशिक्षण गराइएको थियो ।
आज मिति २०७७ साल जेष्ठ ३१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी वर्ष आ.व.
आज मिति २०७७ साल जेष्ठ ३० गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी वर्ष आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको लागी गाउँपालिकाका राजनैतिक दल, पूर्व निर्वाचित पदाधिकारी, शिक्षक, अगुवा कृषक, वौद्धिक वर्ग, पत्रकार, गैर सरकारी संस्था सँग अन्तरक्रिया कार्यक्रम गरी परामर्श तथा सुझाव संकलन गरेको छ ।
आज मिति २०७७/०२/२५ गते दिप्रुङ चइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तीहरूलाई सिन्के धुप(अगरबत्ती) तथा मुढा बनाउने आधारभूत तालिमको उद्घाटन गर्नु हुदै गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यु ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक क्रिषि तथा पशु विकास कार्यक्रम अन्तर्गत रहेको व्यवसायिक सुंगुर फर्मको विकास(५०%) अनुदान कार्यक्रम रू २ लाख र रमा तामाङको व्यक्तिगत लगानी रु २ लाख गरी जम्मा ४ लाख रकमबाट वडा नं. ६ स्थित निर्माण गरिएको व्यवसायिक संगुर फर्मको अनुगमन गरिदै ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मिति २०७७ जेष्ठ २० गते गाउँपालिकाका प्रत्येक वडाहरूमा गाउँपालिका भन्दा बाहिरबाट आएको व्यक्तीहरूको पहिचान गरी क्वारेन्टाइनसम्म ल्याउने साथै प्रभावित स्थानबाट आएका व्यक्तीहरूको RDT गर्ने र PCR को लागि स्वाव संकलन कार्यमा सहयोग गर्न .हे.अ.(BPH) श्री दिपक प्रसाद दाहालको संयोजकत्वमा ९ सदस्यीय CICT टिम गठन गरेको छ । त्यसैगरी दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका अन्तर्गतका ७ वटै स्वास्थ्य चौकीलाई पुन औषधिहरू वितरण गरेको जानकारी गराइन्छ ।


