यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष श्री लाेकेन्द्र राई ज्यूकाे अध्यक्षता साथै गाउँपालिका उपाध्यक्ष श्री अरूणा थापा मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री लाेकेन्द्र बहादुर राई ज्यूकाे उपस्थितिमा यस गाउँपालिकाकाे आ.व. २०७८/०७९ अन्तर्गत गाउँपालिका स्तरिय पाेषण तथा खाद्य सुरक्षा सम्बन्धी छलफल तथा समिक्षा बैठक सम्पन्न ।
समाचार
ग्यालरी
आज मिति २०७९/०३/२० गतेकाे दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे अध्यक्ष श्री लाेकेन्द्र राई ज्यूकाे अध्यक्षता साथै गाउँपालिका उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत सम्पुर्ण कर्मठ कृषकहरुकाे उपस्थितिमा सहजकर्ता श्री बाबुराम बराल ज्यूद्धारा कृषि तथा पशु एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरियाे ।
मिति २०७८/०३/१७ गतेबाट सुरु भएको महिलाहरुलाई सहकारी सम्बन्धी तीन दिने आवासीय तालिमको समापन कार्यक्रम ।
आज मिति २०७९/०३/१७ गते महिलाहरुलाई सहकारी सम्बन्धी ३ दिने आवाशीय तालिमकाे पहिलाे दिन ।
आज मिति २०७९/०३/१७ गतेकाे दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष श्री लाेकेन्द्र राई ज्यूकाे अध्यक्षतामा कार्यालय सञ्चालनलाई व्यवस्थित, पारदर्शी, जाेखिममुक्त र मितव्यायी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ मा व्यवस्था भए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण गर्न प्रदेश प्रशिक्षण केन्द्र कलवलगुरी झापा १ नं. प्रदेश मार्फत आउनु भएका सहजकर्ताहरूद्धारा अनुशिक्षण कार्यक्रम ।
१९ औं राष्ट्रिय धान दिवसको अवसरमा यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा आयाजित रोपाई महोत्सब दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको अध्यक्षतामा साथै प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत सम्पुर्ण गाउँपालिका कर्मचारीहरुको संयुक्त सहभागितामा "धान बालीमा जैबिक विविधता उपयोगः आयत प्रतिस्थापनमा सहयोग" भन्ने नाराका साथ २०७९ को धान दिवस मनाइयो ।
आज मिति २०७९/०३/०९ गते दोस्रो गाउँसभाको पहिलो अधिवेशन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको सभाध्यक्षता सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष श्री अरुणा थापा मगर ज्यूले पेश गर्नु भएको गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७९/०८० को बार्षिक निति तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सभाबाट सर्वसहमत पारित भएको छ ।
आज मिति २०७९/०३/०१ गतेका दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयको आयोजनामा गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको अध्यक्षता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पुर्व नगर प्रमुख श्री दिप नारायण रिजाल ज्यूको प्रमुख आतिथ्यता तथा सहजीकरणमा यस गाउँपालिकाको कार्यपालिका सदस्य ज्यूहरुलाई नीति तथा कार्यक्रम , बजेट निर्माण लगायत विषयगत समिती गठन तथा समितिको कार्य जिम्मेवारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सन्चालन गरियो ।