आज मिति २०७८ साल साउन १८ गते देखि दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा LRBP(स्थानीय सडक पुल कार्यक्रम) को प्राविधिक सहयोगमा निर्मित बाटोफेदी मोटरेवल पक्की पुल सञ्चालनमा आएको जानकारी गराईन्छ ।
समाचार
ग्यालरी
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७७/०७८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत आज मिति २०७८/०३/२९ गते सात वटै वडाका १-१ वटा आमा समूहरूलाई कम्बाईन राइस मिल वितरण गरिएको छ । उक्त मिल वितरण गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यू लगायत वडा नं. ३ का वडाध्यक्ष श्री ईन्द्र बहादुर बस्नेत ज्यू, वडा नं. ५ का वडाध्यक्ष श्री पुर्ण बहादुर खड्का ज्यू ।
आज मिति २०७८ साल असार २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ बतासे स्थित मुसुरीडाँडामा ५ जनाको कोभिड-१९ एन्टिजेन परीक्षण गर्दा वर्ष ५४ को उमा वि.क., वर्ष ६५ को यदुलाल वि.क. र वर्ष ५४ को पूर्ण बहादुर वि.क.लाई कोभिड-१९ पोजेटिभ देखिएको छ । त्यस्तै हिजो गरिएको परीक्षणमा वडा नं. १ याम्खा मोहरियाको ३१ वर्षिय राजु श्रेष्ठलाई पोजेटिभ देखिएको थियो ।
<---हाल सम्मको विवरण--->
जम्मा संक्रमित संख्या : १७६ जना
निको भएको संख्या : १२३ जना
हाल सक्रिय संक्रमित : ५३ जना
जम्मा परीक्षण : ५६२( एन्टिजेन : ४११ र पि.सि.आर.: १५१)
रेफर : ३ जना
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७७/०७८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरू लक्षित गरेर राखिएको "अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री र प्लाष्टिक टनेला वितरण कार्यक्रम" गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका स्तरीय अपाङ्गता सेवा संघका अध्यक्ष श्री भुपराज कटुवालको अध्यक्षतामा तपसिल बमोजिमको संख्यामा सहायक सामाग्री र प्लाष्टिक टनेला वितरण गरियो ।
तपसिल :
१) बैशाखी-१० जोर( हिडाईमा समस्या भएकाहरूलाई)
२) लठ्ठी-३५ ओटा ( हिडाईमा सामान्य समस्या भएकाहरूलाई)
आज मिति २०७८/०३/२२ गतेका दिन आ.व. २०७७/०७८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत महिला लक्षित सिपमुलक तालिम ढाका बुनाई प्रशिक्षण कार्यक्रमको अनुगमन गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यु ।
आज मिति २०७८ साल असार २२ गतेका दिन दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अनुरोधमा गाउँपालिकामा भएका विकास निर्माण तथा प्रशासनिक व्यवस्था सम्बन्धी अनुगमन गर्नु हुँदै खोटाङ जिल्ला समन्वय समितिका प्रमुख श्री ववि चाम्लिङ राई ज्यू ।
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको आयोजना तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ब्यबस्थापनमा आज २०७८/०३/२२ गते स्वास्थ्य चौकी ओख्रेमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
"स्वस्थ बच्चा नै भविष्यको स्वस्थ नागरिक हो" भन्ने अवधारणालाई आत्मसाथ गर्दै शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज मिति २०७८/०३/२१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं.
गरिवसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत आज मिति २०७८/०३/२१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ मा बाख्रा वितरण गरिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवौ गाउँसभा आज मिति २०७८/०३/२० गते सम्पन्न भएको छ । मिति २०७८/०३/१० गते गाउँसभामा पेश भएको "दिप्रुङ चुइचुम्मा गाउँपालिकामा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८" र "वाल अधिकार संरक्षण तथा सम्बर्द्धन सम्बन्धि विधेयक, २०७८" सर्वसम्मतिले पारित भएको छ । त्यसैगरी वडा नं. ७ टेम्मालाई दुईवटा वडामा विभाजन गर्न कार्यपालिका सदस्य तथा वडा नं. ७ का वडासदस्य श्री चन्द्रकला राई र वडा नं.


