FAQs Complain Problems

ग्यालरी

राज्यको चौथो अङ्गको रुपमा स्थापित पत्रकारिता पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्दै सत्यतथ्य सूचना तथा सञ्चारलाई नागरिक समक्ष सम्प्रेषण गर्दै पित पत्रकारितालाई निरुत्साहित गरी खोटाङ जिल्लालाई कर्मभूमी बनाई आफ्नो सक्रिय जीवनको ठूलो अंश पत्रकारिता पेशामा समर्पण गर्ने पत्रकारलाई गाउँपालिकाको आ.व.

मिति: 07/05/2021 - 00:46
, , , ,

आज मिति २०७८/०३/१० गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व.

मिति: 06/24/2021 - 19:52
, , , , , ,

आज मिति २०७८/०२/३१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले कोरोना संक्रमित सिकिस्त विरामीहरू ऐ गाउँपालिका वडा नं. ७ ज्यामिरे निवासी ५८ वर्षिय राजकुमार राईलाई करिब ३०० मिटर र वडा नं. ६ दिहुँ स्थायी घर भई केही समय देखि वडा नं. ३ छोरम्बु पिप्लेमा दीदीको घरमामा बस्दै आउनु भएको २१ वर्षिय श्री दिल कुमार तामाङलाई करिब ५०० मिटर बोकेर अस्पताल पुर्‍याउनु हुँदै अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।

मिति: 06/18/2021 - 20:35
,

आज मिति २०७८ साल असार ४ गते सामाजिक विकास कार्यक्रम अन्तर्गत महिलाहरूलाई लक्षित गरेर " ढाका बुन्ने मेसिन वितरण" कार्यक्रम सम्पन्न गरिएको छ । प्रत्येक वडालाई साडि र बर्की बन्ने आवश्यकीय धागो, कैँची लगायतको सामान सहित दुई दुई थान मेसिन प्रदान गरिएको छ । प्रत्येक वडामा ढाका बुन्ने तालिम समेत तत्कालै सन्चालन गरिनेछ ।

मिति: 06/18/2021 - 20:17
, ,

आज मिति २०७८/०२/३० गतेका दिन दिप्रुङ चुइचुम्मा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको प्रमुख आतिथ्यतामा सामाजिक विकास कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयमसेविकाहरू सँग विश्वव्यापी महामारीको रुपमा फलिएको कोभिड-१९ नियन्त्रणमा स्वयमसेविकाहरूको भूमिका र समस्या सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न गरियो ।

मिति: 06/14/2021 - 08:09
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा खामडाँडामा आज मिति २०७८/०२/२६ गते देखि आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा आएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि श्री भुपेन्द्र राई ज्यू र गाउँपालिका उपाध्यक्ष तथा विशेष अतिथि श्री सपना राई ज्यू । साथै सोही अवसरमा खामडाँडामा १५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना र अस्थायी कोभिड अस्पतालमा ७ जनामा ३ जनाको पोजेटिभ गरी आज जम्मा ९ जनाको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएको छ ।

मिति: 06/09/2021 - 21:50
, , , ,

बढ्दो कोरोना भाइरस(कोभिड-१९) को संक्रमणलाई न्यूनिकरण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ दुधिले भञ्ज्याङ छितापोखरीमा आज मिति २०७८/०२/२३ गते देखि आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा आएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि श्री भुपेन्द्र राई ज्यू र गाउँपालिका उपाध्यक्ष तथा विशेष अतिथि श्री सपना राई ज्यू ।

मिति: 06/06/2021 - 19:57
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ खाम्ला निवासी कोभिड-१९ संक्रमित सिकिस्त ६४ वर्षिय सिकिस्त विरामी श्री कमला राईलाई कोभिड अस्थायी अस्पताल याम्खा लानु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू । उहाँको शरिरमा अक्सिजनको मात्रा एकदमै कम ५५ मात्र रहेको थियो ।

मिति: 06/05/2021 - 08:23
, ,

Pages

//