FAQs Complain Problems

ग्यालरी

नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा स्वदेश एवम् विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति, सु–स्वास्थ्य, दीर्घायू एवम् समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

मिति: 10/09/2021 - 21:50

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १८ औँ निजामती सेवा दिवस २०७८ भव्यताका साथ मनाईएको छ । आज मिति २०७८ भाद्र २२ गते निजामती सेवा दिवसको अवसरमा गाउँपालिकाले निजामती सेवा तर्फको उत्कृष्ट कर्मचारीमा २०७५/०८/१७ गते देखि निरन्तर रूपमा प्रमुख प्रशासकीय अधिकृत पदमा रही यस गाउँपालिकाको समृद्धि,विकास र अग्रगमनका लागि आएका सबै प्रकारका आरोह अवरोहहरुको सामना गर्दै कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा अतुलनीय योगदान पुर्याउनु हुने श्री भीम प्रसाद दाहाल ज्यू सम्मानित हुनु भएको छ । त्यस्तै स्वर्गिय गाउँसभा सदस्य श्री नारायण प्रसाद श्रेष्ठ स्मृति पुरस्कार अन्तर्गत अस्थायी कोभिड अस्पताल याम्खामा कार्यरत ल्याव

मिति: 09/07/2021 - 17:23
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा(साबिक याम्खा गा.वि.स वडा न. २) निवासी ५२ वर्षिय कोभिड-१९ पोजिटिभ बरामी श्री गोबिन्द विष्टको उद्धार गर्नु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू । आज मिति २०७८/०४/२४ गते जिल्ला सदरमुकाम दिक्तेलमा अरूण तेस्रोको बैठक चलिरहेको समयमा वार्लाङ निवासी विष्ट सिकिस्त विरामी हुनु भई कसैले पनि उद्धार नगरेको खबर पाउनु भै आफ्नो महत्वपूर्ण समयको बापजुत पनि बैठक बिचैमा छोडी अध्यक्ष ज्यूले गोबिन्द विष्टलाई कोभिड अस्पताल याम्खा सम्म लगि उद्धार गर्नु भएको छ ।

मिति: 08/08/2021 - 23:53
, , , ,

आज मिति २०७८ साल साउन १८ गते देखि दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा LRBP(स्थानीय सडक पुल कार्यक्रम) को प्राविधिक सहयोगमा निर्मित बाटोफेदी मोटरेवल पक्की पुल सञ्चालनमा आएको जानकारी गराईन्छ ।

मिति: 08/02/2021 - 19:39
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७७/०७८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत आज मिति २०७८/०३/२९ गते सात वटै वडाका १-१ वटा आमा समूहरूलाई कम्बाईन राइस मिल वितरण गरिएको छ । उक्त मिल वितरण गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यू लगायत वडा नं. ३ का वडाध्यक्ष श्री ईन्द्र बहादुर बस्नेत ज्यू, वडा नं. ५ का वडाध्यक्ष श्री पुर्ण बहादुर खड्का ज्यू ।

मिति: 07/13/2021 - 18:50
, , , , , ,

आज मिति २०७८ साल असार २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ बतासे स्थित मुसुरीडाँडामा ५ जनाको कोभिड-१९ एन्टिजेन परीक्षण गर्दा वर्ष ५४ को उमा वि.क., वर्ष ६५ को यदुलाल वि.क. र वर्ष ५४ को पूर्ण बहादुर वि.क.लाई कोभिड-१९ पोजेटिभ देखिएको छ । त्यस्तै हिजो गरिएको परीक्षणमा वडा नं. १ याम्खा मोहरियाको ३१ वर्षिय राजु श्रेष्ठलाई पोजेटिभ देखिएको थियो ।

<---हाल सम्मको विवरण--->

जम्मा संक्रमित संख्या ‍‍: १७६ जना

निको भएको संख्या : १२३ जना

हाल सक्रिय संक्रमित : ५३ जना

जम्मा परीक्षण : ५६२( एन्टिजेन : ४११ र पि.सि.आर.: १५१)

रेफर : ३ जना

मिति: 07/12/2021 - 18:34
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७७/०७८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरू लक्षित गरेर राखिएको "अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री र प्लाष्टिक टनेला वितरण कार्यक्रम" गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका स्तरीय अपाङ्गता सेवा संघका अध्यक्ष श्री भुपराज कटुवालको अध्यक्षतामा तपसिल बमोजिमको संख्यामा सहायक सामाग्री र प्लाष्टिक टनेला वितरण गरियो ।

तपसिल :

१) बैशाखी-१० जोर( हिडाईमा समस्या भएकाहरूलाई)

२) लठ्ठी-३५ ओटा ( हिडाईमा सामान्य समस्या भएकाहरूलाई)

मिति: 07/09/2021 - 19:02
, , , , , , , ,

आज मिति २०७८/०३/२२ गतेका दिन आ.व. २०७७/०७८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत महिला लक्षित सिपमुलक तालिम ढाका बुनाई प्रशिक्षण कार्यक्रमको अनुगमन गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यु ।

मिति: 07/06/2021 - 19:08
, , ,

आज मिति २०७८ साल असार २२ गतेका दिन दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अनुरोधमा गाउँपालिकामा भएका विकास निर्माण तथा प्रशासनिक व्यवस्था सम्बन्धी अनुगमन गर्नु हुँदै खोटाङ जिल्ला समन्वय समितिका प्रमुख श्री ववि चाम्लिङ राई ज्यू ।

मिति: 07/06/2021 - 18:47
, , , , ,

Pages