सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम आज मिति २०७७ साल पौष १० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका र सानिमा बैंक बीच बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका र सानिमा बैंक दिप्रुङ शाखा ओख्रेको आपसी समझदारीमा बैंकको कर्मचारी टोली मिति २०७७/०९/१८ गते १, ४, ५ र ७ नम्बर वडा कार्यालय तथा २०७७/०९/ २५ गते ३ र ६ नम्बर वडा कार्यालयमा गई सम्पूर्ण लाभग्राहीहरूको बैंक खाता खोल्ने कार्य रहेको जानकारी गराइन्छ ।
समाचार
ग्यालरी
आज मिति २०७७ साल पौष ७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ५ स्थित स.छितापोखरी स्वास्थ्य चौकीको उद्घाटन तथा वर्थिङ सेन्टर भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । यस अघि उप-स्वास्थ्य चौकीको रूपमा रहेको स्वास्थ्य चौकीलाई मिति २०७७ साल असोज ६ गते वसेको कार्यपालिका बैठकले उप-स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीमा स्तरोन्नती गरेको थियो । स्वास्थ्य चौकीको उद्घाटन यस कार्यक्रमका प्रमुख अतिथि तथा गा.पा. अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले र वर्थिङ सेन्टर भवनको उद्घाटन विशेष अतिथी तथा गा.पा.
आज मिति २०७७ साल पौष ७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका संग महिला कार्यक्रमको दलित तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला वितरण कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ स्थित श्री महेन्द्रोदय मा.वि.
आज मिति २०७७ साल पौष ६ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकामा संकलित ३०० वटा माटोको नमुनाको परीक्षण कार्य शुरू भएको छ । १ नं. प्रदेश माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा ७ वटै वडाका कृषकहरूको माटोको अम्लियपना र छारियपना सुधार गरी माटोको उर्वराशक्ति बढाउने उद्धेश्ले गाउँपालिकाले माटो परीक्षण शिविर संचालन गरेको हो । माटो परीक्षण पश्चात् माटोको प्रकृति हेरी गाउँपालिकाले आ.व. २०७७/०७८ कार्यक्रमहरू संचालन गर्ने लक्ष्य राखेको छ । उक्त कार्यक्रमको उद्घाटन यस कार्यक्रमको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूले गर्नु भएको थियो ।
गाउँपालिका प्रहरी(हवल्दार र जवान) पदको छनौट परीक्षाको पहिलो दिन आज मिति २०७७/०९/०४ गतेका केही झलकहरू । आज उचाई, तौल, छाति, प्रेसर, तापक्रम र शारिरीक अवस्थाबारे जाँच गरिएको थियो । प्र.ह. पदमा १० जना मध्ये उपस्थित ८ जना नै दोस्रो चरणको लागि सफल भएको र प्र.ज. पदमा ४५ जना मध्ये उपस्थित २९ जनामा १ जनाको उचाई मापदण्ड अनुरूप नभएको र बाँकी २८ जना मात्र दोस्रो चरणको लागि सफल भएको जानकारी गराइन्छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ बास्थला छितापोखरी निवासी हरि बहादुर तामाङको घर आगलागीबाट पूर्ण क्षेति भएकोले राहत स्वरूप रू २० हजार रकम हस्तान्तरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू । सम्बन्धित वडाका वडा सदस्य श्री युवराज तामाङ ज्यू , वडा नं. ५ का वडा सदस्य श्री अमृत गिरी ज्यू लगायत स्थानियबासी समेतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । (मिति २०७७ साल पौष ३ गते)
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विभिन्न समयमा लिइएको परीक्षामा सफल भएका स्वास्थ्य शाखाका-१० जना र कृषि तथा पशुविकास शाखाका १० जना नव नियुक्त कर्मचारीहरूलाई निर्देशन सहित नियुक्ति पत्र वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।
आज मित २०७७ साल मंसिर २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । ९ महिनामा सम्पन्न हुने गरी रविना-
अविसा जे.भी. काठमाडौँले उक्त भवन ३,६४,६१,८१९.४९ लागतमा निर्माण गर्न लागेको हो ।
भुकम्पीय निजी आवास पुननिर्माण कार्य गर्दा सृजित वातावरणीय तथा सामाजिक प्रभावहरूको वातावरणीय तथा सामाजिक व्यवस्थापन योजना (ESMP) निर्माणका विषयमा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा परामर्श तथा छलफल कार्यक्रम सम्पन्न ।


