दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनस्तरसम्म पुर्याउन " स्कुल नर्स कार्यक्रम " संम्बन्धी चेतनामूलक प्रशिक्षण दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ ओख्रे स्थित श्री महेन्द्रोदय मा.वि.बाट स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मन्सुरी ज्युको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख अतिथ्यता र बिद्यालयका प्र.अ.
समाचार
ग्यालरी
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु ५ लाख आर्थिक सहयोगमा गाउँपालिकाको वडा नं. १ स्थित पराजुली बाख्रा फर्म संचालनमा आएको छ | ब्यबसायीक बाख्रा फर्मको विकास कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारबाट फर्केर आएका युबाहरुलाई लक्षित गरी गाउँपालिकाले आ.व. २०७५/७६ मा रु ५ लाख सहयोग गरेको हो | त्यस्तै गा.पा.कै रु ५ लाख आर्थिक सहयोगमा वडा नं २ स्थित सुनगाभ बाख्रा फर्म संचालनमा आएको छ |
मिति २०७६/०७/०५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासेमा 7औ बर्थिङ सेन्टरको उद्घाटन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युबाट भएको छ । यो सङगै गाउँपालिकाको सबै वडामा रहेको स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर स्थापना गरी नागरिकहरुलाई सेवा दिने कार्यले पूर्णता पाएको छ |
बिस्तृत जानकारीको लागि
आ.व. २०७६/७७ को गाउँ सभाबाट बिनियोजित रु ५ लाख बजेटबाट गाउँपालिकाका ७ वटै वडाहरुमा दलितसङग सहकारी कार्यक्रम सन्चालन हुने भएको छ । जस अनुसार दलित समुदायको आर्थिक स्थिति अभिबृदिका लागि गाउँपालिकाको बीउ पुजि रु ५ लाखमा ७ वटै वडामा १/१ वटा दलितसङग सहकारी संस्था रहने छ । मिति २०७६/०६/१० गते सहकारी संस्था गठन, सन्चालन सम्बन्धि १ दिने अभिमुखिकण कार्यक्रम हुँदै
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ६ छितापोखरीमा मिति २०७६/०५/२५ गते वडा अध्यक्ष श्री मिलन राई ज्युको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख अतिथ्यता र स्थानीय जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलको रोहवरमा गाउँपालिकाको छैठौ बर्थिङ सेन्टर उद्घाटन भएको छ । बर्थिङ सेन्टरको लागि आवश्यक सामान रु २ लाख पचास हजार बराबरमा खरिद गरि छितापोखरी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालन गरिएको हो । ७औ बर्थिङ सेन्टर(बतासे स्वास्थ्य चौकीमा ) को उद्घाटन केही दिनमा हुने जानकारी गराइन्छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा ४० औ शिक्षा दिवस तथा ५३ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ भब्यताका साथ सम्पन्न गरेको छ । हाजिरी जवाफ प्रतियोगितामा महेन्द्रोदय मा.वि. ओख्रे-प्रथम(नगद पुरस्कार रु १२,००० र प्रमाणपत्र ), महेन्द्रोदय मा.वि. याम्खा द्वितीय(नगद पुरस्कार रु १०,००० र प्रमाणपत्र ), शान्ति मा.वि. छोरम्बु तृतीय(नगद पुरस्कार रु ८,००० र प्रमाणपत्र ) स्थान त्यसै गरि निबन्ध प्रतियोगितामा महेन्द्रोदय मा.वि ओख्रेकि समिता पौडेल प्रथम( नगद पुरस्कार रु ३,३३४ र प्रमाणपत्र ), श्री धिप्लुङ मा.वि. धिप्लुङका विशेषता राई द्वितीय(नगद पुरस्कार रु २,६६६ र प्रमाणपत्र ), महेन्द्रोदय मा.वि.
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बाढी पहिरोको कारण घरबार बिहिन बन्न पुगेको ६ घर परिवारलाई गाउँपालिका अध्यक्ष र गाउँपालिका कर्मचारी टोलि स्थलगत अनुगमन गरि क्षतीको आधारमा आर्थिक सहयोग गरेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न भएको छ । यस गाउँसभाले आ.व. २०७६/०७७ को नीति तथा कार्यक्रम, आर्थिक ऐन, बिनियोजन ऐन , रु ४१ करोड ५५ लाख २३ हजार बराबरको कुल बजेट र न्यायीक समितिले उजुरिको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक सर्बसम्मत पारित गरेको जानकारी गराइन्छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पाँचौ गाउँसभामा कुल रु ४१ करोड ५५ लाख २३ हजार बराबरको बजेट प्रस्तुत गरियो ।
बिस्तृत जानकारीको लागि
https://khotangtoday.com/archives/8504#.XRJARZSkz5J.facebook
http://bisalchautari.com/khotang-news-diprung-chuichumma-gaupalika-2/


