दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७६ सालको वार्षिक परीक्षा तथा कक्षा ८ काे पालिका स्तरीय परीक्षाका विषयमा छलफल गर्न तथा यस गाउँपालिकाद्वारा आ.व.
समाचार
ग्यालरी
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७६/०७७ को गाउँसभाबाट रु ३० लाख रकम बिनियोजन गरी दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ भण्डारेघाटमा खानेपानी तथा सिंचाइको लागी सुनकोशी नदीबाट पानी लिफ्टिङ गर्न पुर्वाधार निर्माणको काम शुरूवात गरेको छ । यहि आर्थिक वर्षमा सम्पन्न हुनेगरी निर्माण हुन लागेको ४० हजार लिटर क्षमताको आर.सी.सी. ट्याङ्कीबाट ६० घरधुरी लाभान्वित हुनेछन् ।
बिस्तृत बिबरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस |
नेपाल पत्रकार महासंघ खोटाङ शाखाको संयोजनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ .व. २०७५/०७६ को वार्सिक तथा आ.व. २०७६/०७७ को अर्धबार्सिक(पौष मसान्तसम्म) कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
बिस्तृत विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस |
आ.ब. २०७५/०७६ को "एक घर एक फलफुल रुख बिरुवा" कार्यक्रम अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गा.पा. को उच्च भेगमा(लेक साइड )१६०० जापानी नास्पतीको बिरुवा बितरण गरेको छ । छितापोखरी : ५००, स.छितापोखरी: ४२५, डाडागाउँ :२९९, टेम्मा: २७५ र याम्खा: १०१
"अग्नी पीडितलाई गाउँपालिकाद्वारा तत्काल आर्थिक सहयोग" । दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ५ वातिखुम स्थित दान बहादुर राईको घरमा मिति २०७६ पौष २० गते बिहान आगलागी भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु र गाउँपालिका कर्मचारी घटनास्थल तर्फ लागि
रु २५ हजार आर्थिक सहयोग गरेको हो ।
तिमि म नेपालले तिनकन्या प्रा.वि. याङसोलाटारको प्राङ्गनमा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख आतिथ्यतामा यस गाउँपालिका अन्तरगतका ४ ओटा बिद्यालयहरु श्री महेन्द्रोदय मा.वि. ओख्रे, जानविकास आ.वि. नारंगा, याङसोला मा.वि. याङसोला र सरस्वती मा.वि. कुलागाउँका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाइ उपहार स्वरूप् जापानी झोला वितरण तथा तिनकन्या प्रा.वि. लाइ प्रोजेक्टर प्रदान गरेको छ | गाउँपालिका यस संस्थाका संचालक दिप्रुङ चुइचुम्मा गाउँपालिका ५ निवासी (हाल जापानमा अध्यायनरत ) श्री सरद राई ज्यु प्रति हार्दिक धन्यवाद प्रकट गर्दछ |
कृषि ज्ञान केन्द्र खोटाङ दिक्तेलको आयोजना र गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख आतिथ्यतामा मिति २०७६ पौष १३ गते एक दिने बाली उपचार शिबिर दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खामा संचालन भएको छ | जसमा ५२ ओटा तरकारी,फलफूल, खाद्यन्न बालि तथा नगदेबालिको नमुना परिक्षण गरिएको छ |
आ.व.२०७६/०७७ मा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु १ लाख आर्थिक सहयोग र कृषक गणेश थापाको रु २० हजार गरी जम्मा रु १ लाख २० हजार लगानीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर-२ स्थित अलैंची नर्सरी श्रोत केन्द्रको स्थापना भएको छ ।


