दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका भित्रका सबै(१४ ओटा) मा.वि. मा इ-हाजिरी कार्यान्वयनमा ल्याएको छ । आ.व. २०७६/७७ मा गाउँसभाले रु १० लाख रकम बिनियोजन गरी १४ ओटा मा.वि. मा इ-हाजिरी र यसलाई प्रभावकारी रूपमा ल्याउन सोलार पावर नभएको १० ओटा मा.वि. मा सोलार र इन्भर्टरको समेत ब्यबस्था गरिएको छ । अवदेखी शिक्षकको तलब इ-हाजिरीको आधारमा निकासा गरिनेछ ।
समाचार
ग्यालरी
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्युको अध्यक्षतामा गा.पा. अन्तर्गतका स्वास्थ्य संस्थाको अ.न.मी.हरुसङग स्कुल नर्स कार्यक्रम र बर्थिङ सेन्टर संचालन सम्बन्धि बृहत छलफल भएको छ |
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ दिने राजस्व सुधार कार्य योजना तर्जुमा गोष्ठी गाउँपालिका उपाध्यक्ष तथा राजस्व परिचालन समितिका संयोजक श्री सपना राई ज्युको सभापतित्व तथा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख आथित्यतामा सम्पन्न भएको छ |
पालिकाको राजस्व अधिकार क्षेत्र, करको सिद्धान्त र यसका प्रकारहरु, राजस्व सुधार कार्य योजनाको उद्धेश्य तथा महत्व साथै पालिकाको राजस्व सम्बन्धी तथ्याङ्क तथा सूचनाको आवश्यकता र उपलब्धता, राजस्वका अनुमानित आधार र दरहरु तथा राजस्वको सम्भाब्यता यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ |
मिति २०७६/०८/१७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको राजस्व सुधार कार्ययोजना तर्जुमा गोष्ठी गाउँपालिका उपाध्यक्ष तथा राजस्व संचालन समितिका संयोजक श्री सपना राई ज्युको सभापतित्वमा संचालनका केहि झलकहरु | यस कार्यक्रम भोलिसम्म संचालन हुने जानकारी गराईन्छ |
उद्धेश्यः
क. पालिकाको राजस्व अधिकार क्षेत्र, करको सिद्धान्त र यसका प्रकारहरु, राजस्व सुधार कार्य योजनाको उद्धेश्य तथा महत्व
ख. पालिकाको राजस्व सम्बन्धी तथ्याङ्क तथा सूचनाको आवश्यकता र उपलब्धता, राजस्वका अनुमानित आधार र दरहरु तथा राजस्वको सम्भाब्यता
मिति २०७६/०८/१४ गते शनिबारको दिन गाउँपालिकाको शिक्षक अनुदान कोटामा लिइएको खुल्ला प्रतियोगितात्मक परिक्षामा तपसिल बमोजिमको उमेदवारहरु सफल हुनु भएको छ |
तपसिल :
(१) स.मा.वि. कुलागाउँ(मा.वि. गणित)- ढक प्रसाद घिमिरे
(२) शान्ति मा.वि. छोरम्बु (मा.वि. अंग्रेजी ) - राजकुमार राई
वा.वि.के तर्फ
(क) स.मा.वि. कुलागाउँ, स.छितापोखरी- भगती राउत
(ख) राम्चे निकेतन मा.वि.,इजारा, बतासे-सुशिला प्रधान
(ग) पन्चकन्या प्रा.वि. वातिखुम,स.छितापोखरी - सिर्जना राई
(घ) कालिका प्रा.वि. टेम्मा- सबिता राई
मिति २०७६/०८/०७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं.
आ.व. २०७६/०७७ को प्रथम चौमासिक अवधि कार्यक्रमको सार्वजनिकीकरण सम्पन्न भएको छ । यस आ.व. को प्रथम चौमासिक सम्ममा १८.५४% -याम्खा, ११.५४% -डाडागाउँ, ८.८५% -छोरम्बु,४.६४% -बतासे,९.६३% -स. छितापोखरी, ८.५८% -छितापोखरी र ११.६६%- टेम्मा गरि कुल ७९.८% बजेटको हिस्सा बिकास निर्माणमा खर्च भइसकेको छ ।
बिस्तृत जानकारीको लागि
https://khotangtoday.com/archives/11076…
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिकाको अनुदान कोटामा मिति २०७६/०७/०५ गते १५ दिनको सूचना आह्वान गरी मा.वि जानसंख्या -१ ,नि.मा.वि बिज्ञान-४,नि.मा.वि. सामाजिक-१ ,प्रा.वि. अनुदान शिक्षक-३ जना र जि.शि. विकास तथा समन्वय इकाईको १ कोटामा मिति २०७६/०७/३० गते लिखित र २०७६/०८/०१ गते अन्तरवार्ता र सीप परिक्षण गरी दुई चरणमा श्रोत केन्द्र महेन्द्रोदय मा.वि. ओख्रेमा परीक्षा सम्पन्न भएको छ | उक्त परीक्षामा तपशिल बमोजिमको उमेदवारहरु सफल भएका छन् |
तपसिल :
मा.वि. जनसंख्या
१. रिता राई
नि.मा.वि. बिज्ञान :
विपन्न वर्गका कृषकहरुको कृषि आय वृद्धि गर्ने मुख्य लक्ष्यका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिका र कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता(PMISC ) बीच साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ |


