आज मिति २०७८/०२/०६ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ६ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ६ जना कै रिपोर्ट नेगेटिभ आएको जानकारी गराइन्छ । हाल सम्म जम्मा १७ जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ र ११ जनाको नेगेटिभ रिपोर्ट आएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासेमा काठमाडौबाट मिति २०७८/०१/१७ गते यस गाउँपालिका आउनु भएको १ जना ब्यक्तिको मिति २०७८/०२/०४ गते एन्टिजेन परीक्षण गर्दा नेगेटिभ परिणाम आएको छ । उक्त ब्यक्ति केही दिन देखि सिकिस्त विरामी पर्नु भएको थियो ।
सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ४ को उपदफा १ बमोजिम छनौट भएका वडा नं. १ देखि वडा नं. ७ सम्मका यसै सूचना साथ संलग्न रहेको सूचीका लाभग्राहीहरुले मिति २०७८/०१/२८ गते देखि ७ दिन भित्र गाउँपालिकाको कार्यालयमा सम्झौताका लागि तपसिलका कागजातहरु सहित सम्पर्क गर्नुहुन अनुरोध छ ।