समाचार
अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री र प्लाष्टिक टनेला वितरण सम्पन्न ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७७/०७८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरू लक्षित गरेर राखिएको "अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री र प्लाष्टिक टनेला वितरण कार्यक्रम" गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका स्तरीय अपाङ्गता सेवा संघका अध्यक्ष श्री भुपराज कटुवालको अध्यक्षतामा तपसिल बमोजिमको संख्यामा सहायक सामाग्री र प्लाष्टिक टनेला वितरण गरियो ।
तपसिल :
१) बैशाखी-१० जोर( हिडाईमा समस्या भएकाहरूलाई)
२) लठ्ठी-३५ ओटा ( हिडाईमा सामान्य समस्या भएकाहरूलाई)
३) सेतो छडी-१५ ओटा ( पूर्ण रूपमा दृष्टि विहिन भएकाहरूलाई)
४) Ear हेड-१० ओटा ( पूर्ण रूपमा श्रवण शक्ति गुमाएकाहरूलाई)
५) चस्मा-४१ ओटा (पूर्ण दृष्टी विहिन र न्यून दृष्टिविहिन हरूलाई)
६) प्लाष्टिक टनेला-१४ ओटा ( वडाका २-२ जनालाई)