समाचार
कम्प्युटर शिक्षक सम्बन्धि पुन सूचना प्रकाशित गरिएको सम्बन्धमा
दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङले घोषणा गरेका नमुना विद्यालयहरुलाई कक्षा ६ देखि कक्षा ८ सम्म कम्प्युटर विषय पठनपाठन गराउन करार सेवामा ७ ( सात ) जना कम्प्युटर अनुदान शिक्षकको विज्ञापन मिति २०७६/०५/०८ मा प्रकाशित गरिएकोमा तोकिएको म्याद भित्र आवश्यक संख्यामा दरखास्त नपरेकाले पुरानो विज्ञापन अनुसार पेश भएका दरखास्तहरुलाई यथावत राखीे मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धि कम्तीमा ६ महिनाको तालिम लिएको वा कम्प्युटर विज्ञान विषय लिई प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको इच्छुक नेपाली नागरिकबाट शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी र नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी सहित परीक्षा दस्तुर वापतको रकम रु ५००।– सानिमा बैंक दिप्रुङ शाखाको संचित कोष खाता नं. ०७१०१००४००००००२ मा जम्मा गरेको सक्कल भौचर सहित दिप्रुङ चुइचुम्मा गा.पा.को कार्यालय खोटाङमा हार्डकपी ( Hard Copy ) बुझाउनु हुन वा उल्लेखित कागजातको व्यहोरा कार्यालयको ईमेल ito.diprungmun@gmail.com मा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा यस कार्यालयको कार्यालय समय भित्र प्राप्त भइसक्नु पर्नेछ ।
लिखित, मौखिक र प्रयोगात्मक परीक्षाको माध्यमबाट छनौट भएका शिक्षकहरुको पारिश्रमिक पालिकासंग हुने करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।
 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



