FAQs Complain Problems

परिचय

खोटाङ जिल्लाका ८ वटा गाँउपालिकाहरु मध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका प्राकृतिक स्रोत साधन र सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । यो गाउँपालिका खोटाङ जिल्ला सरदरमुकाम दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका) देखि दक्षिण भेगमा करीव २१ कोष (६७.२ कि.मि.)को दूरीमा
अवस्थित छ । साविकका याम्खा, टेम्मा, डाँडागाँउ, छोरम्बु, बतासे, छितापोखरीर सत्तेश्वर छितापोखरी गा.वि.स हरु समावेश भएका यस गाउँपालिकाका ७ वटा वडा छन भने कुल क्षेत्रफल १३६.४८ वर्ग किमी रहेको छ । यस गाँउपालिकाको पूर्वमा साकेला गाँउपालिका, उत्तरमा रुपाकोट मझुवा गढी नगरपालिका र साकेला गाँउपालिका, पश्चिममा हलेशी तुवाचुङग र उदयपुर जिल्लासँग र दक्षिणमा खोटेहाङ गाँउपालिका रहेको छ । कुल २२३८७ जनसंख्या तथा ३७५२ घरधुरी रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सवै भन्दा वढी जनसंख्या वडा नं. ७ मा (४३७६) र सबैभन्दा कम जनसंख्या वडा नं. ६ मा (२३२६) रहेको छ । त्यस्तै यस गाउँपालिकाको वडागत घरधुरी संख्या सबैभन्दा बढी वडा नं. ७ मा ६८८ र सबैभन्दा कम वडा नं. ६ मा ३८५ रहेको छ ।

क्र.स नाम पद ठेगाना सम्पर्क नं
केशव कुमार खत्री १ नं वडा अध्यक्ष दि.चु.गा.पा-१ 9861462260
बद्री कटुवाल २ नं वडा अध्यक्ष दि.चु.गा.पा-२ 9860705491
भुपेन्द्र बस्नेत ३ नं वडा अध्यक्ष दि.चु.गा.पा-३ 9745278787
बबेन्द्र राई ४ नं वडा अध्यक्ष दि.चु.गा.पा-४ 9869615265
डम्बर बहादुर खड्का ५ नं वडा अध्यक्ष दि.चु.गा.पा-५ 9841637075
मिलन राई ६ नं वडा अध्यक्ष दि.चु.गा.पा-६ 9842950744
गन्धमान थापा मगर ७ नं वडा अध्यक्ष दि.चु.गा.पा-७ 9862686648

जन प्रतिनिधि