Submitted on: Mon, 06/01/2020 - 17:55
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कोरोना भाईरस संक्रमण तथा नियन्त्रण सम्बन्धी कार्यदलको मिति २०७७/२/१९ को निर्णय अनुसार आज उपरान्त यस गाउँपालिकामा वसोवास गर्ने गरी प्रवेश गर्ने नागरिकले भारतवाहेक तेश्रो मुलुकवाट आएकाहरुले याम्खामा ,भारतवाट आउनेले भण्डारेघाट र देशकै अन्य क्षेत्रवाट आएका नागरिकहरुलाई पालिकाले तोकेको क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको जानकारी गराइन्छ ।
Submitted on: Sun, 05/31/2020 - 16:38
दिप्रुङ चुइचुम्मा गाउपालिकाको आ.ब. २०७६/०७७ को वार्षिक कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कागती पकेट बिस्तार कार्यक्रममा वडा नम्बर ४ बतासेको इजारामा ३५०० बिजु सुन कागती १ बिरुवा धनकुटाबाट ल्याइ बितरन गरियो । यसमा गा.पा.को लगानी २,४०,००० र समुहको लगानी ४८,००० रहेको जानकारी गराइन्छ ।
Submitted on: Sat, 05/30/2020 - 21:19
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तेस्रो चरणको राहत अन्तर्गत वडा नं. ३ छोरम्बु ३० घरधुरी, वडा नं. ४ बतासे ४१ घरधुरी,वडा नं. ५ स.छितापोखरी ३३ घरधुरी र वडा नं. ६ छितापोखरी ३६ घरधुरी गरी जम्मा १४० घरधुरीलाई आज मिति २०७७/०२/१७ गते राहत वितरण गरेको छ । आजसम्म गाउँपालिका भित्र १००० घरधुरी र जिल्ला बाहिर ३७८ परिवारलाई राहत वितरण गरेको जानकारी गराइन्छ । साथै गाउँपालिकाका प्रत्येक परिवारलाई २५ के.जि. को २ बोराको दरले ढुवानी अनुदान समेत प्रदान गरेको थियो ।
Submitted on: Fri, 05/29/2020 - 18:43
Pages