समाचार
जेष्ठ पत्रकार सम्मान तथा प्रोत्साहन भत्ता वितरण कार्यक्रम सम्पन्न ।
राज्यको चौथो अङ्गको रुपमा स्थापित पत्रकारिता पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्दै सत्यतथ्य सूचना तथा सञ्चारलाई नागरिक समक्ष सम्प्रेषण गर्दै पित पत्रकारितालाई निरुत्साहित गरी खोटाङ जिल्लालाई कर्मभूमी बनाई आफ्नो सक्रिय जीवनको ठूलो अंश पत्रकारिता पेशामा समर्पण गर्ने पत्रकारलाई गाउँपालिकाको आ.व. २०७७/०७८ देखिको नीति तथा कार्यक्रम अनुसार सम्मान स्वरुप मासिक रु २,०००।– प्रोत्साहन भत्ता प्रदान गर्ने कार्यक्रम अनुसार नव संवाद पाक्षिक खोटाङका सम्पादक, प्रकाशक तथा खोटाङ खबरका प्रधान सम्पादक एवम् प्रेस स्वतन्त्रताका सेनानी श्री कृष्ण प्रसाद आचार्यले पत्रकारिता पेशाको क्षेत्रमा निर्वाह गर्नु भएको योगदानलाई उच्च सम्मान गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज मिति २०७८/०३/२० गते सम्मान गरेको छ ।