समाचार
अचानक बेहोस हुनु भएको ४८ वर्षिय सावित्रा देवकोटालाई अध्यक्ष ज्यु स्वयमले गाडी चलाइ उपचारका लागी अस्थायी कोभिड अस्पताल याम्खा लग्नु भएको छ ।
गाउँ गाउँबाट कोभिड-१९ बिरामीको उद्दार गर्नु हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु ।
आज मिति २०७८/०२/१४ गते अचानक बेहोस हुनु भएको डाडागाउ निवासी ४८ वर्षिय सावित्रा देवकोटालाई अध्यक्ष ज्यु स्वयमले गाडी चलाइ उपचारका लागी अस्थायी कोभिड अस्पताल याम्खा लग्नु भएको छ । स्वास्थ्य चौकि ओख्रेमा २०७८/०२/१० गते गरिएको एन्टिजेन परिक्षणमा देवकोटालाई कोभिड १९ पोजेटिभ देखिएको थियो ।